फार्मेसीमा ट्रामाडोलको अवैध बिक्री वितरणको सूचनामा प्रहरी टोलीले छापा मारेको छ। इटहरी उपमहानगरपालिका–१२ स्थित नसिव फार्मेसीमा छापा मारेर प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सञ्चालक ५० वर्षीय नारायण चौधरीलाई पक्राउ गर्दा खानतलासीका क्रममा उनकी २४ वर्षीया श्रीमती सम्झना चौधरीले सिमेन्टको दुई बोरा छतबाट फाल्ने प्रयास गरेकी थिइन्।
बोरा जाँच गर्दा भित्र एक हजार ९८० पट्टामा १९ हजार ८०० क्याप्सुल ट्रामाडोल र कोठाको टेबलबाट ४०० पट्टामा ४ हजार ट्याब्लेट प्रतिबन्धित औषधि फेला पारेको थियो। दुवै जनालाई लागू औषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २ मंसिर २०८२ १३:२२ मंगलबार





