१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अपराध

जेनजी प्रदर्शनका क्रममा प्रहरी कार्यालयमा लुटपाट गर्ने पक्राउ

गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारबाट भागी वडा प्रहरी कार्यालय बैदाममा लुटपाट कार्यमा संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कास्कीको पोखरा महानगरपालिका–७ घारीपाटन बस्ने २६ वर्षीय विवश जलारीलाई वडा प्रहरी कार्यालय बैदामबाट चोरी भएको मोटरसाइकल र डिजिटल क्यामेरासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका जलारी कारागारबाट भागेर प्रहरी कार्यालयमा लुटपाट तथा चोरीमा संलग्न रहनुका साथै अहिले लटपातमा संलग्न रहेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए।

पक्राउ परेका निजलाई अपराधिक उपद्रव मुद्दामा कास्की जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको उनले बताए।    

प्रकाशित: १५ कार्तिक २०८२ ११:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App