३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
अपराध

भागेका कैदी फर्काउन थप सशक्त बन्दै प्रहरी: लुकाउनेलाई पनि कारबाही गर्ने

साढे पाँच हजार कैदी अझै फरार

केन्द्रीय कारागार विभागले भागेका कैदीबन्दी लुकाउनेलाई पनि कारवाही हुने जनाएको छ । गत भदौ २३ र २४ को जेन-जी प्रदर्शनको क्रममा भागेका बन्दीहरु नर्फेपछि विभागले थप कदम चालेको हो ।

भागेका बन्दीहरु मध्ये कतिपय दशैंपछि आउने सम्भावना रहेपनि अपेक्षित रुपमा नआएको केन्द्रीय कारागार विभागले जनाएको छ । विभागको पछिल्लो तथ्याकं अनुसार दशैंपछि एक सय ५० जना बन्दी कारागार फिर्ता आएका छन भने बाँकी पाँच हजार ५ सय ४७ जना आउन बाँकी छ । देशभरका २८ वटा कारागारबाट बन्दीहरु भागेका थिए ।  

यतिका बन्दी नफर्केपछि उनीहरुबाट परिवार या समाजमा पुन: थप घटना हुन सक्ने र कारागार ऐन विपरित कार्य भएको भन्दै नेपाल प्रहरी कारागार व्यवस्थापन विभाग मार्फत सूचना जारी गरिएको थियो ।  

भागेका १४ हजार ५ सय ४९ जना मध्येमा आठ हजार ४ सय ६५ जना फिर्ता आएका छन । पाँच हजार ५ सय  भन्दा बढीको संख्यामा कारागार बन्दीलाई फिर्ता ल्याउन थप पहल भइरहेको व्यवस्थापन विभागका प्रमुख चोमेन्द्र प्रसाद न्यौपानेले बताए ।  

उनको अनुसार भागेका बन्दी गाउँ-घरमै लुकेर बस्ने र नभएमा छिमेकी राष्ट्र भागेर जाने सम्भावना हुने भएकोले सो अनुसार खोजी कार्य व्यवस्थापन अघि बढेको छ । जिल्ला कार्यदलले स्थानीय तहको समवन्यमा खोजी कारगार या प्रहरीलाई खबर गर्ने प्रहरी र स्वयं फिर्ता आउने व्यवस्था गरिएको छ । यो संयन्त्रणलाई स्थानीय तहको वडा-वडामा सूचना जारी गरेको छ । सूचना प्राप्त गरेपछि पनि लुकाएर राख्ने आफन्त या जो सुकैलाई कानुन बमोजिम कारवाही हुनेछ । ‘बन्दीलाई लुकिछिपी बस्न सहयोग गर्नेलाई पनि कारवाही हुन्छ’ उनले भने ।  

परिवार या गाउँघर नबसी विदेश जाने प्रयास गरेको स्थितिमा भारत जाने प्रत्येक नाकामा निगरानी राखिएको र अध्यागमन विभागमा पनि फरार बन्दीको सूचना जारी भइसकेको उनले जानकारी दिए ।  

नेपाल प्रहरीका सह–प्रवक्ता गोपालचन्द्र भट्टराईका अनुसार भागेका बन्दी मध्येमा एक जनाले भारतमा पुगेर मानिसको हत्या गरेका छन, एक जनाले श्रीमतीको हत्या गरेका छन भने तेस्रो बन्दीले खुकुरी प्रहार गर्ने अपराधमा संलग्न भएका छन । भागेका बन्दीहरु मध्येमा सामान्यदेखि जघन्य अपराधसम्ममा सहभागी भएका बन्दी रहेकोले उनीहरुवाट परिवार या समाजमा पुन अपराध हुने जोखिम रहने भएकोले उनीहरुको पुरा कैद भुक्तानी हुनु पर्ने बताउँछन । लामो समय बन्दी भएर समाजमा फिर्ता भएका मध्येका कम संख्या पुन: अपराधमा संलग्न हुने जोखिम हुन्छ भने बन्दी अवधि पुरा नगरेका मध्ये धेरैबाट पुन: अपराध गर्ने जोखिम हुने सह–प्रवक्ता भट्टराई बताउँछन ।  

अहिले कारागार बाहिर सबै खालका बन्दी फरार रहेको र उनीहरुलाई फिर्ता ल्याउन नेपाल प्रहरीले आफ्नो विभागका तल्लो निकायसम्म सूचना प्रवाह गरेको र प्रहरी परिचालन गरेको बताए । ‘सादा पोशाकमा रहेका प्रहरीले बन्दीको घर पहिचान गरी आफन्तको घरसम्म पहिल्याएर खोजी कार्य भइरहेको छ’ उनले भने । सीमा नाकामा पनि भाग्न नदिने गरी उच्च सर्तकता अपनाएको उनले जानकारी दिए ।  

 

 

प्रकाशित: २६ आश्विन २०८२ १७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App