जग्गाको विषयमा दुई पक्षबिच कुटाकुट हुँदा रौतहटमा एक जनाको ज्यान गएको छ।
फतुवा विजयपुर नगरपालिका-२ सितलपुरका ६० वर्षीय शङ्कर साह बनियाको ज्यान गएको हो।
स्थानीय कपिलदेव यादव र मृतक साह पक्षबिच आइतबार दिउँसो जग्गाको विषयमा विवादपछि झडप हुँदा यादव पक्षको कुटपिटबाट साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
झडपमा शङ्कर शाह बनियाँ पक्षको कुटाइबाट कपिल्देव यादवका ४० वर्षीय श्रीमती मिना देवि घाइते छिन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
कुटपिट गर्ने स्थानीय विनोद भनिने हरिदेव यादव, ब्रहमदेव यादव र उनका छोरा सुरेश यादव भने फरार छन्। प्रहरीले उनीहरुको खोजी जारी राखेको एसपी नेत्रमणी गिरिले जानकारी दिए।
प्रकाशित: २६ आश्विन २०८२ १८:५३ आइतबार





