नेपाल प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ।
प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट पेस्तोल र गोलीसहित कीर्तिपुर नगरपालिका-२ का ३० वर्षीय केयुर पुरीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चितवनबाट काठमाडौं आउँदै गरेको बा १९ च ६९० नम्बरको कारबाट पुरीलाई पक्राउ गरिएको जानकारी दिए।
पुरीले कालो रङ्गको झोलाभित्र एक थान पेस्तोल र चार राउण्ड गोली लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिइएको उनले बताए।
प्रकाशित: ४ फाल्गुन २०८२ २०:०५ सोमबार


-600x400-wm.jpg)


