२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अपराध

एञ्जलको अपहरणपछि हत्या !

गेरुवा पाँच झबही घर भएकी १० वर्षीया एञ्जल देउवाको अपहरण पछि हत्या भएको छ । १७ गते देखि बेपत्ता देउवाको दुई दिन पछि गेरुवा गाउँपालिकाको जंगल क्षेत्रमा वन गाडेको अवस्था शव भेटिएको थियो ।  

लगातार पानी परिरहेको बेलामा प्रहरीको अनुसन्धान डाईभर्ट भएर नदी किनारा र खोल्सा खोल्सीमा खोजी सुरु गर्दा उनको शव भेटिएको हो । घटनाको पाँच दिनपछि प्रहरीले अपहरणपछि हत्या भएको पुष्टि गरेको हो । पाँच दिनसम्म विभिन्न रणनीतिक योजनासहित अनुसन्धान गरेको प्रहरीले ३० वर्षीय समिर तिरुवा सुनारलाई हत्या आरोपमा नियन्त्रणमा लिएको छ । बुधबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको प्रहरीले एञ्जलको गहनाकै कारण हत्या गरेको सुनारले स्वीकारेको दावी गरेको छ । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सरोज पौडेलले भने, ‘प्रहरीले अनुसन्धानको क्रममा अन्यलाई पनि ल्याएका छौँ । पोष्टमार्टमका लागि शव पठाएका छौँ। आरोपीले बलात्कार बारे इन्कारी बयान दिए ।’

आरोपीको बयान उदृत गर्दै प्रहरीले दुईटा सुनका बाला र सिक्री देखेपछि लुट्न खोज्ने क्रममा बालिकाले प्रहरी बोलाउँने बताएपछि घाटी थिच्दाथिच्दै निस्सासिएर मृत्यु भएको जनाएको छ ।  

आरोपीले राजापुर र टिकापुरमासमेत बालिकाबाट लुटिएको गहना बेच्न हिडेको क्लू प्रहरीलाई मिलेको पौडेलले बताए ।  

रुपन्देहीमा आफन्त कहाँ बसेर पढ्दै गरेकी एञ्जल दसैं मनाउन घर पुगेकी थिइन । आफन्तको बिहे भोजमा साइकलमा गएकी उनी अपहरणमा परेकी थिइन । 

प्रकाशित: २२ आश्विन २०८२ १८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App