नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । पूर्वसभामुख महरालाई भन्सार ऐन र संगठित अपराध कसुरमा सीआईबीले नियन्त्रणमा लिएको हो ।
सुन तस्करी प्रकरणमा महरालाई गत बिहीबारमात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो। महरासँग भेपको बट्टाभित्र लुकाएर ल्याएको ९ किलो सुन प्रकरणमा उनले तत्कालीन भन्सार प्रमुखलगायत कर्मचारीहरूसँग गरेको भनसुनबारे विस्तृत रूपमा बयान लिइएको थियो।
प्रहरीले २०७९ सालको पुस १० गते फ्लाई दुबईबाट काठमाडौं आएका चिनियाँ नागरिक ली हानसोङको साथबाट २ वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) बरामद गरेको थियो । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको गोदाममा रहेको उक्त भेप र सोभित्र रहेको ९ किलो सुन नायव सुब्बा रेवन्त खड्का समेतको संलग्नतामा बिक्री भएको दाबी सीआईबीको छ । उक्त कार्यमा महराको संलग्नता देखिएकाले नियन्त्रणमा लिएको दाबी सीआईबीको छ ।
प्रकाशित: २६ आश्विन २०८२ १६:५६ आइतबार





