२१ माघ २०८२ बुधबार
image/svg+xml
अपराध

१० वर्षीया बालिका करणी गरेको अभियोगमा एक पक्राउ

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बकैया गाउँपालिका-१ रजुवा बस्ने ६२ वर्षीय प्रेम बहादुर ध्यावालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

प्रेम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २१ भाद्र २०८२ २१:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App