३० असार २०८३ मंगलबार
image/svg+xml
अपराध

बैंकिङ कसुरमा फरार ‘लक्ष्मीनारायण मठ’का महन्त पक्राउ

महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका महन्त जगन्नाथ दास वैष्णव पक्राउ गरेका छन् । 

बैंकिङ कसुर मुद्दामा फरार रहेका महन्तदासलाई सोमवार महोत्तरी प्रहरीले मटिहानी नगरपालिका–७ स्थित उनको आफ्नै घरबाट पक्राउ गरेको हो ।  

एक करोड ३० लाख रकम बराबरको बैंकिङ कसुर मुद्दामा उनालई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ । नेकपा एमालेका मधेश प्रदेश सांसद दिपेन्द्र ठाकुरले उनीमाथि बैंकिङ कसुरमा जाहेरी दिएका थिए ।

महोत्तरी प्रहरीले आवश्यक कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको जनाएको छ । महन्तदास यसअघि पनि किर्ते हस्ताक्षर गरी बैंकबाट ७० लाख रुपैयाँ झिकेको अभियोगमा पक्राउ परका थिए । रोक्का रहेको बैंकबाट उनले सहायक प्रमुख जिल्ला अधिकारीको किर्ते हस्ताक्षर गरी रुपैयाँ निकालेका थिए ।

प्रकाशित: २५ चैत्र २०८२ १८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App