१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अपराध

‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने लामा पक्राउ

सांकेतिक फाइल तस्बिर

नेपाल प्रहरीले ‘जेनजी’ प्रदर्शनका क्रममा हतियार लुट्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रदर्शनका क्रममा प्रहरी कार्यालबाट हतियार लुट्ने काभ्रेपलाञ्चोक घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने २२ वर्षीय राजा तामाङ भन्ने वाङ्सु लामालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

काठमाडौं महानगरपालिका–७, लाहुरे टोलस्थित प्रवीण घिमिरे भन्ने भरत विश्वकर्माले सञ्चालन गर्दै आएको सोलुखुम्बु खाजा घरबाट ९७२ डब्लु के ६८३०१ ०३२१८९ नम्बर उल्लेख भएको ग्यास गनको बट र नालको भाग छुट्टाछुट्टै रहेको अवस्थामा बरामद गरी अनुसन्धानका क्रममा लामालाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले गनसहित पक्राउ परेका लामाको कोठामा खानतलासी गर्दा तीन थान गोलीसमेत फेला परेको जानकारी दिए । लामा गत साउन ७ गते ज्यान मार्ने उद्योगमा जिल्ला अदालत काठमाडौंको आदेशअनुसार केन्द्रीय कारागार सुन्धारामा रहेको र भदौ २४ गते भएको प्रदर्शनका क्रममा भागी प्रहरीको हतियार लुटेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता श्रेष्ठले बताए । 

प्रकाशित: १६ कार्तिक २०८२ २२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App