१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अपराध

गोली हानेर लागुऔषधसहित भारतीय नागरिक पक्राउ

सिरहाको नवराजपुर गाउँपालिका ४ कुसण्डीबाट सिरहा प्रहरीले गोली हानेर लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारत मधुवनी ग्राम पञ्चायत बिरपुर वडा नं. ९ बस्ने जनक पासवानका छोरा ३८ वर्षीय श्याम सुन्दर पासवान छन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र पासवानले जानकारी दिए।  

शनिबार दिउँसो करिब ४ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३२ एम ७३३८ नम्बरको मोटरसाइकललाई रोक्ने क्रममा नरोकी भाग्न खोज्दा प्रहरीले टाइप ७७ पेस्तोलबाट एक राउन्ड गोली हानेर उक्त मोटरसाइकललाई नियन्त्रणमा लिई चालक पासवानको साथबाट खैरो हिरोइन ५० ग्राम बरामद गरेको डिएसपी पासवानले बताए। 

पक्राउ परेका पासवानलाई थप अनुसन्धान र कारबाहीका लागि इप्रका महेशपुरपतारमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १० श्रावण २०८२ १७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App