२८ असार २०८३ आइतबार
image/svg+xml
अपराध

बालिकामाथि यौन दुर्व्यवहार गर्ने होटल सञ्चालक पक्राउ

आफ्नै होटलमा काम गर्ने बालिकालाई कोठामा बोलाई यौन दुर्व्यवहार गर्ने होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा होटल नमस्ते मिलिन्जुली खाजा घरका सञ्चालक खैरहनी नगरपालिका वडा नं. १० बस्ने ३५ वर्षीय विकास कुमार श्रेष्ठ रहेका छन्।

सोही होटलमा काम गर्ने १७ वर्षीय बालिकालाई होटलको कोठामा बोलाई शारीरिक सम्पर्क गर्न रु. ५०,००० दिन्छु भन्दै श्रेष्ठले प्रस्ताव गरेकामा बालिकाले इन्कार गर्दा समेत योजनाबद्ध मनसायले पीडितको शरीरको संवेदनशील अङ्ग समेत छोएको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

साथै श्रेष्ठले पीडितको फेसबुक र ह्वाट्स्एपमा समेत अश्लील शब्दहरू लेखी सन्देश पठाउने तथा अश्लील भिडियोहरू समेत पठाउने गरेको पाइएको छ।

श्रेष्ठमाथि बालबालिका विरुद्ध कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ असार २०८३ १७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App