२२ चैत्र २०८२ आइतबार
image/svg+xml
अपराध

गुण्डा नाइके चक्रे मिलनको काम: क्लबमा झैझगडा गर्ने र हप्ता असुल्ने

नेपाल प्रहरीले काठमाडौंभित्र विभिन्न ठाउँमा बसेर आपराधिक कार्यमा संलग्न रहेका ४७ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर  काठमाडौंले संयुक्त रुपमा चलाएको ‘अप्रेसन’ मा गुण्डा नाइके चक्रे मिलनसहित उनीहरुलाई बिहीबार राति पक्राउ गरेको हो ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दी तथा आपराधिक कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए। 

“अवाञ्छित तथा गुण्डागर्दी गतिविधि गर्नेलाई नियन्त्रणमा लिएका हौँ, उनीहहरुसँग सोधपुछ भइरहेको छ,” उनले भने। रेष्टुरेन्ट, क्लबमा बसेर झैझगडा गर्ने तथा हप्ता असुल्ने कार्यमा संलग्न भएकाले पक्राउ गरिएको उनले बताए। 

प्रहरीले बिहीबार बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो । नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित: १६ श्रावण २०८२ १२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App