गुन्डानाइके चक्रे गुरुङ (चक्रे मिलन) पक्राउ परेका छन्। उनलाई काठमाडौंको ठमेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
ठमेलमा बिहीबार रातभर गरिएको अप्रेसनमा उनीसहित ४७ जना पक्राउ परेका छन्।
पक्राउ पर्दा चक्रे मिलन आफ्नै बर्थडे पार्टीमा रहेका थिए। उनको ‘बर्थडे पार्टी’ मा गुण्डागर्दीमा संलग्न व्यक्तिहरू भेला भएको सूचनाका आधारमा प्रहरीले अप्रेसन चलाएको बताएको छ।
प्रकाशित: १६ श्रावण २०८२ ०७:३७ शुक्रबार




