१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अपराध

दुई कम्पनीको ६५ लाख चोरी गरी फरार युवक दाङबाट पक्राउ

काठमाडाैंको बालुवाटारस्थित दुईवटा कम्पनीको कार्यालयबाट लाखौं रुपैयाँ चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले ६५ लाखभन्दा बढी नगद र गरगहनासहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर-६ घर भई काठमाडौं महानगरपालिका-२ खुर्सिनिटार बस्ने २४ वर्षीय दुर्गाबहादुर केसी रहेका छन्।

प्रहरीका अनुसार केसीले गत पुस १२ गते राति काठमाडौं महानगरपालिका-४ बालुवाटारस्थित स्टर्म नेटवर्क प्रा.लि बाट ४८ लाख ७२ हजार ६२० रुपैयाँ र इको भ्याली प्रा.लि बाट ८ लाख ५८ हजार ५४१ रुपैयाँ चोरी गरेका थिए।

घटनालगत्तै फरार भएका केसीको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङसँगको समन्वयमा उनलाई दाङको तुलसीपुर उपमहानगरपालिका-६ बाट पक्राउ गरिएको हो।

प्रहरीले निजको साथबाट चोरीको रकमभन्दा बढी नगद र सामान बरामद गरेको छ। पक्राउ परेका केसीमाथि चोरी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ पुस २०८२ १७:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App