२३ श्रावण २०८३ शनिबार
image/svg+xml
अपराध

साइबर अपराधमा सबैभन्दा धेरै ठगी र नक्कली खाता, ७ हजार ४१० उजुरी

नेपालमा साइबर अपराधको प्रकृति आर्थिक ठगी, नक्कली सामाजिक सञ्जाल खाता र खाता ह्याकिङतर्फ केन्द्रित देखिएको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोमा प्राप्त उजुरीको तथ्यांकले यस्तो देखाएको हो। प्रहरीका अनुसार साइबर ब्यूरोमा प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै ७ हजार ४१० वटा आर्थिक ठगी तथा अनलाइन ठगीसँग सम्बन्धित छन्। त्यसपछि ४ हजार ७८७ वटा नक्कली वा अरूको नाममा बनाइएका खातासम्बन्धी उजुरी छन्।

४ हजार ३६२ वटा धम्की, दुर्व्यवहार तथा हैरानीसम्बन्धी उजुरी परेको प्रहरीले जनाएको छ। त्यस्तै २ हजार १७४ वटा ह्याक भएका खातासम्बन्धी उजुरी छन्। सामाजिक सञ्जालमा अश्लील सामग्री पठाउने वा यौनजन्य ब्ल्याकमेलसँग सम्बन्धित उजुरी पनि प्रहरीमा पुगेका छन्।

साइबर ब्यूरोमा दर्ता भएका मुद्दाको तथ्यांकमा १९ देखि २५ वर्ष उमेर समूह सबैभन्दा धेरै पीडक देखिएको छ । पीडिततर्फ भने २६ देखि ३५ वर्ष उमेर समूह सबैभन्दा धेरै रहेको प्रहरीको विवरणमा उल्लेख छ । प्रहरीका अनुसार साइबर ब्यूरोमा एक वर्षमा १६१ मुद्दा दर्ता भएका छन् ।

प्रकाशित: २३ श्रावण २०८३ ०९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App