रौतहट प्रहरीले ब्राउन सुगरसहित चार जनालाइ पक्राउ गरेको छ । गुजरा नगरपालिका २ कटानीबाट करिब ११.१६० ग्राम ब्राउन सुगरसहित चारलाई प्रहरीले पक्राउ गरेको हो ।
शनिबार राति ९.३० बजेको समयमा काठमाडौं १२ बौद्धका २० वर्षीय कोमन गुरुङ र सिन्धुली मरिण गाउँपालिका ५ का २१ वर्षीय मनिष घलान प्रहरीको चेक जाँचका क्रममा पक्राउ परेका हुन् ।
रातिको समयमा सडक पेटिमा घुमिरहेका अवस्थामा गस्तीमा खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेक जाँच गर्दा आईस चुरोटको बट्टामा कालो रंगको प्लाष्टिकले बेरिएको अवस्थामा ९.३ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा उनीहरूले किनेको स्रोत खुलाएपछि थप दुईजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय चन्द्रपुरको टोलीले गुजरा नपा २ कटानीका सञ्जु भनिने ज्ञानबहादुर थिङ र सोही गाउँका २० वर्षीय आजत अन्सारीलाई थप २० पुरिया करिब १.८६० ग्राम लागू औषध खैरो हिरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले आइतबार दिउँसो सञ्जुत्ने कोठाबाट निटराजेपाम लागु औषधको १३ थान ट्याब्लेट र ६५ हजार नगद रुपैयाँ सहित नियन्त्रणमा लिएको इप्रका चन्द्रनिगाहपुरका डिएसपी रुपा लाबुङले बताए ।
पक्राउ परेका चारै जनालाई जिल्ला अदालत गौरमा म्याद थपगरि लागुऔषध बिक्रीवितरण एवं ओसार पसार कसुरमा कारवाही प्रक्रिया अगाडि बढाएको डिएसपी लाबुङले बताए ।
प्रकाशित: २६ आश्विन २०८२ १७:३७ आइतबार





