सशस्त्र प्रहरीले आइतबार बिहान इटहरीबाट पाँच हजार गाँजा फेला पारेको छ ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल कोशी प्रदेशस्तरीय नेपाल मुख्यालय पकली सुनसरीको टोलीले बिहान १.३० बजे रोकी राखेको दुई वटा ट्रक शंकाका आधारमा चेकजाँच गर्दा १५८ बोरामा प्याक गरिएको गाँजा फेला पारेको हो ।
सशस्त्र प्रहरीका डिआइजी कुमार न्यौपानेका अनुसार बेवारिसे अवस्थामा पेट्रोल पम्प अगाडि राखेको अवस्थामा गाँजा फेला पारेको हो । ‘गाँजा कहाँबाट ल्याएको र कसको भन्ने केही पनि खुल्न सकेको छैन,’उनले भने, ‘ट्रकका चालक समेत भेटाउन सकिएको छैन।’
सशस्त्र प्रहरीले ना ४ ख २९०१ नम्बरको ट्रकबाट १२४ बोरा र बा ५ ख ११६९ नम्बरको ट्रकबाट ३४ बोरा गरी जम्मा १५८ बोरा गाँजा फेला पारेको हो । फेला पारिएको गाँजा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाइएको छ ।
प्रकाशित: २९ भाद्र २०८२ १३:३८ आइतबार





