२० पुस २०८२ आइतबार
image/svg+xml
अपराध

दिन दहाडै वित्तीय संस्थाका कर्मचारी लुटिए

सांकेतिक तस्बिर

सर्लाहीमा वित्तीय संस्थाका कर्मचारी दिउँसै लुटिएका छन । सर्लाहीको इश्वरपुर नगरपालिका ७ को सुर्योदय बोमि लघु वित्त संस्थाका कर्माचारी बुधबार दिउँसै लुटिएका हुन ।

इश्वरपुर नगरपालिकाको भगवानपुर टोलबाट किस्ता संकलन गरी बैंकको कार्यालय तर्फ बा४७प ४५२७ नम्बरको स्कूटरमा फर्किँदै गरेकी रिन्टु कुमारी महतो लुटिएकी हुन् । उनलाई बाटो मै रोकेर अपरिचित समुहले लुटपाट गरेको हो ।

बुधबार दिउँसो १:३० मिनेको समयमा नम्बर नखुलेको मोटरसाइकलमा आएका दुईजनाले हतियार देखाएर उनीसँग रहेको करिब अढाइ लाख रुपैयाँ लुटेर फरार भएको सर्लाही प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राइले वित्तीय संस्थाका कर्मचारीलाई अज्ञात समुहले लुटपाट गरेको खबर प्राप्त हुनासाथ घटनास्थल तर्फ प्रहरी परिचालन गरी अनुसन्धान थालेको बताए ।

प्रकाशित: ८ आश्विन २०८२ २१:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App