१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अपराध

सात सय ३० राउण्ड गोलीसहित आठ जना पक्राउ

बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोलीसहित ८ जना पक्राउ परेका छन्।  

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त नगरपालिकाको सोही वडाका २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ र १५ वर्षका किशोर, बाराका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्कालाई शनिबार काभ्रे जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले र राति पक्राउ गरेको हो। रासस

प्रकाशित: २९ भाद्र २०८२ १२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App