२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अपराध

हुम्लाबाट ५९ लाख बढीको चाइनिज मदिरा बरामद

हुम्लाको नाम्खा गाउँपालिका–२ नावलगाड क्षेत्रबाट करिब रु ५९ लाख १३ हजार ६ सय बराबरको प्रतिबन्धित चाइनिज मदिरा बरामद गरिएको छ।

चीनबाट अवैध रूपमा नेपालतर्फ ल्याई बेवारिसे अवस्थामा राखिएको मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको मदिरामा ट्रिनिटी ब्रान्डका ५१८ कार्टुनमा ७,१२८ बोतल तथा चाइनिज बोर्ड बियरका १९४ कार्टुनमा ४,६५६ बोतल रहेका छन्। बरामद मदिराको अनुमानित बजार मूल्य रु ५९,१३,६०० रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ श्रावण २०८३ १४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App