२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अपराध

बाल मन्दिरको जग्गा हिनामिना प्रकरण : तत्कालीन योजना प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा दायर

नेपाल बाल सङ्गठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ८ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

बाल मन्दिरको जग्गा र सरकारी बजेट व्यक्तिगत लाभमा प्रयोग गरी ठगी गरेको आरोपमा सिआइबीले बाल मन्दिरका तत्कालीन योजना प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

सिआइबीले बाल मन्दिरका तत्कालीन योजना प्रमुख एवं हाल काठमाडौं महानगरपालिका वडा नं. ११ की सदस्य आशा श्रेष्ठ, काठमाडौं जिल्ला समितिका तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ, ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य, तत्कालीन सभापति युरी कुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपकदास श्रेष्ठ, तत्कालीन कोषाध्यक्ष प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति भगवान शाक्य र तत्कालीन सल्लाहकार रामकृष्णविरुद्ध मुद्दा दायर गरेको छ।

८ जना मध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्य मात्रै पक्राउ परेका छन् भने अन्य पाँच जना फरार रहेका छन्।

सिआइबीले उच्च स्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रहरी अनुसन्धानका आधारमा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

प्रकाशित: ८ श्रावण २०८३ १२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App