२१ असार २०८३ आइतबार
image/svg+xml
अपराध

दाइको ह’त्या गरी नहरमा फाल्ने भाइ पक्राउ

बाँकेको कोहलपुर नगरपालिका-४ गोहवामा आफ्नै सहोदर दाइको हत्या गरी शव नहरमा फालेर फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

२६ वर्षीय मनोज चौधरीको हत्या अभियोगमा उनका २० वर्षीय भाइ बिनोद चौधरीलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको हो।

गत असार १४ गते साँझ करिब ७ बजे बिनोदले दाइ मनोजलाई कुटपिट गरी हत्या गरेर स्थानीय नहरमा फालेका थिए। हत्यापछि फरार रहेका उनलाई आज बिहान ६ः३० बजे भारततर्फ भाग्दै गरेको अवस्थामा कोहलपुर नगरपालिका–१५ चन्‍हवाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको छ। मृतकको शव पोस्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पताल पठाइएको छ।

प्रहरीले घटनाको प्रकृति र कारणबारे सुक्ष्म अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रकाशित: १५ असार २०८३ १५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App