१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अपराध

वीरगन्ज 'ग्याङ फाइट' मृत्यु प्रकरण : मुख्य आरोपीसहित पाँच जना पक्राउ

प्रहरीले वीरगन्जमा भएको ग्याङ फाइट मृत्यु प्रकरणका मुख्य आरोपीसहित पाँच जनालाई पक्राउ गरेको छ।

पर्सा प्रहरीले ४८ घण्टाभित्रै आरोपी पाँच जनालाई पक्राउ गरेको हो। वीरगन्जको आदर्शनगरमा गएको मङ्गलबार भएको ग्याङ फाइटपछि प्रहरीले 'अप्रेसन च्यालेन्ज' नामक विशेष रणनीति चलाएर अनुसन्धानमा गरेको एसपी सुदीप पाठकले जानकारी दिए।

पर्साको वीरगन्जमा लागेको गहवामाई मेलामा मंगलबार राति दुई समूहबिच भएको झडप भएको थियो। उक्त झडपमा गोल्डेन नाम गरेका व्यक्तिको मृत्यु भएको थियो।

प्रकाशित: १६ आश्विन २०८२ २१:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App