प्रहरीले दुबईबाट काठमाडौं आएका एक बंगलादेशी नागरिकको पेटभित्र लुकाएर ल्याइएको सुनजस्तो देखिने पहेँलो धातु बरामद गरेको छ।
फ्लाई दुबईको उडान एफजेड ११३३ मार्फत काठमाडौं आएका बंगलादेशी नागरिक मोहम्मद रासेल हल्दारलाई शंका लागि सोधपुछ गर्दा करिब १५० ग्राम सुन लुकाई ल्याएको भनी स्वीकार गरेका थिए।
पक्राउ गरी काठमाडौं मेडिकल कलेज सिनामंगलमा गरिएको पेल्भिकको एक्स–रे परीक्षणमा पेटभित्र शंकास्पद धातु देखिएपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पाँच दिन अस्पतालमा निगरानीमा राखिएको थियो।
शुक्रबार शौचका क्रममा करिब १५० ग्राम तौल भएको सुनजस्तो देखिने क्याप्सुल आकारको दुईवटा धातु फेला परेको प्रहरीले जनाएको छ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
प्रकाशित: ५ भाद्र २०८३ १७:२० शुक्रबार


-600x400.jpg)

-600x400.jpg)
-600x400.jpg)