९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अपराध

पोखरामा चक्कु प्रहार गरी हत्या, एक युवक पक्राउ

पोखरामा एक व्यक्तिको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका-५ निवासी ४५ वर्षीय अनिल पराजुलीको हत्यामा संलग्न रहेको आरोपमा २४ वर्षीय किशोर तिमिल्सिनालाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिबार बिहान पोखरा-५ स्थित चिल्ड्रेन पार्क नजिकै अनिल पराजुली अचेत अवस्थामा फेला परेका थिए।

सूचना पाउनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनलाई तत्काल उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान गर्ने क्रममा मृतक पराजुली र पक्राउ परेका तिमिल्सिनाबीच सामान्य विवाद हुँदा चक्कु प्रहार भएको खुलेको छ। तिमिल्सिनालाई घटनामा प्रयोग भएको चक्कुसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका तिमिल्सिना पोखरा-१८ सराङकोटका स्थायी भए पनि हाल पोखरा-५ मालेपाटनमा बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ कार्तिक २०८२ १९:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App