१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौर बस्ने २० वर्षीय बालकृष्ण गिरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २ भाद्र २०८२ १३:४९ सोमबार





