१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अपराध

जग्गा विवादले उग्ररूप लिँदा छोराले गरे बुबाको हत्या

सुनसरीको देवानगञ्ज गाउँपालिकामा जग्गा विवादका कारण एक छोराले आफ्नै बुबाको छुरा प्रहार गरी हत्या गरेका छन्।

आफ्नै ६० वर्षीय बुबा सबिब अन्सारीको हत्या गरेको अभियोगमा प्रहरीले ४० वर्षीय मोहम्मद रियाज अन्सारीलाई बुधबार बिहान पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार, देवानगञ्ज–३ मा बाबु-छोराबीच जग्गाको विषयलाई लिएर विवाद भएको थियो। विवाद बढ्दै जाँदा छोरा मोहम्मद रियाजले बुबा सबिबमाथि छुरा प्रहार गरेका थिए।

घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी, मोटिटप्पुबाट खटिएको टोलीले तत्कालै मोहम्मद रियाजलाई नियन्त्रणमा लिएको थियो।

छुरा प्रहारबाट गम्भीर घाइते भएका सबिबलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: ७ श्रावण २०८२ १७:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App