नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीको साइबर ब्युरोले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । महर अनेरास्ववियुको विद्यार्थी राजनीति हुँदै केन्द्रीय सदस्य बनेका हुन् ।
स्थायी घर बझाङ भएका महर गएको निर्वाचनमा संघीय सांसदका उमेदवारसमेत बनेका थिए । तर, उनी नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता भानुभक्त जोशीसित पराजित भएका थिए ।
प्रहरीको साइबर ब्युरो सीआईबी मातहत छ । पछिल्लो समय महर विवादित बनेका छन् ।
प्रकाशित: ११ भाद्र २०८२ १५:२१ बुधबार





