कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ३ झन्डेनगरबाट खैरो हिरोइनसहित एक भारतीय पक्राउ परेका छन ।
सुराकीका आधारमा भारतको उत्तर प्रदेश गोन्डा जिल्ला काशीराम घर भई हाल सिद्धार्थनगर थाना ढेबरुवा बस्ने मोहोम्द कैफलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट ५० ग्राम ८ सय १० मिलिग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ । सेतो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा कैफलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए ।
पक्राउ परेको कैफलाई लागुऔषध मुद्दामा अदालतबाट ८ दिनको म्याथ थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको उनले बताए ।
प्रकाशित: ९ भाद्र २०८२ १८:३९ सोमबार





