उदयपुर प्रहरीले बलात्कार उद्योगको आरोपमा एक पुरुषलाई नियन्त्रणमा लिएको छ। गाउँकै एक महिलामाथि बलात्कार गर्ने प्रयास गरेको आरोपमा जिल्लाको लिमचुङबुङ गाउँपालिका १ बाँसबोटेका ५८ वर्षीय ज्ञानबहादुर राई पक्राउ परेका हुन्।
मङ्सिर २ गते एक स्थानीय महिलामाथि बलात्कारको प्रयास गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बाराहा, लिमचुङबुङबाट खटेको टोलीले उनलाई पक्राउ गरेको हो। राईलाई थप कारबाहीका लागि इप्रकाले सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय गाईघाट पठाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदरमान दोङले इप्रकाबाट बुधबार ल्याइएको राईलाई हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको बताए। उनीमाथि जबरजस्ती करणी उद्योग अपराधमा जाहेरी परिसकेको र मुद्दा दर्ता प्रक्रियामा रहेको डिएसपी दोङले बताएका छन्।
प्रकाशित: ४ मंसिर २०८२ १४:०५ बिहीबार





