२३ माघ २०८२ शुक्रबार
image/svg+xml
अपराध

काठमाडौंको रानीवनबाट ९ जुवाडे पक्राउ

काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवन बुद्धचोकस्थित एक घरबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्।

शुक्रबार साँझ धादिङको रुवी भ्याली गाउँपालिका–६ घर भई हाल रानीवन बुद्धचोकमा डेरा गरी बस्ने ४३ वर्षीया धनमाया गुरुङको कोठामा जुवा चलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले कोठाधनी धनमाया गुरुङसहित ९ जनालाई रंगेहात पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट नगद ३७ हजार ५ सय रूपैयाँ र २ बुक तास समेत बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १३ मंसिर २०८२ १६:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App