दुधौली नगरपालिका -१४ भौडीमा ६५ वर्षीया वृद्धाको हत्या भएको छ ।
घरायसी विषयमा भएको विवादका क्रममा ४० वर्षीय छोरा तुलाराज सुनुवारले आफ्नै आमा ६५ वर्षीया फालकुमारी सुनुवारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
छोरा तुलाराजले आमा फालकुमारीलाई फलामको खन्तिले टाउको र छातीमा प्रहार गरेका थिए । गम्भीर घाइते भएकी उनको घटनास्थलमै मृत्यु भएको हो ।
आमाको हत्या गरी भाग्दै गरेका उनलाई स्थानीय र प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । अहिले प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षक सिमोन धितालको कमाण्डमा टोली खटिगएको छ ।
प्रकाशित: १५ भाद्र २०८२ १६:५० आइतबार





