१२ वैशाख २०८३ शनिबार
image/svg+xml
अपराध

‘स्वीप अप्रेसन’को दोस्रो दिन ६१ जना पक्राउ

कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप अप्रेसनमा थप ६१ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयले लागुऔषध बिक्री तथा सेवन, मदिार पान गरेर समाजमा अशान्ति फैलाउने,  गुण्डागर्दीको अभियोगमा उनीहरूलाई पक्राउ गरेको हो।  

स्वीप अप्रेसन बिहीबार राति ९ः०० देखि आज बिहान ६ः०० बजेसम्म सञ्चालन भएको थियो। अघिल्लो दिनको अप्रेसनमा जिल्लाका विभिन्न स्थानबाट १२२ जनालाई पक्राउ गरिएको थियो। रासस

प्रकाशित: ११ वैशाख २०८३ ११:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App