२३ माघ २०८२ शुक्रबार
image/svg+xml
अपराध

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ५ जना पक्राउ

हतुवागढी गाउँपालिका–९ ज्यामिरे भन्ज्याङबाट अवैध लागूऔषध गाँजा १२ किलोग्राम सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा हतुवागढी गाउँपालिका १ घर भई झापा शिवसताक्षी नगरपालिका ७ बस्ने २९ वर्षीय रुद्र बहादुर कामी, मोरङ उर्लाबारी नगरपालिका ५ बस्ने ३८ वर्षीय सन्तोष विश्वकर्मा र झापा कन्काई नगरपालिका ४ बस्ने २८ वर्षीय राजेश चौहान रहेका छन्। 

प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरीले को ३७ प ४५७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।  

त्यसैसरि बाराको विश्रामपुर गाउँपालिका १ खेखरियाबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम सहित सोही ठाउँ बस्ने ४६ वर्षीय विनोद पण्डित कुमहार भन्ने मुसा पण्डित कुमहारलाई समेत प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गर्दा गाँजा सहित पक्राउ गरेको हो ।  

कैलालीको टीकापुर नगरपालिका १ शक्तिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय अर्पण चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।  

लागुऔषध सहित प्रक्राउमा परेका व्यक्तिलाई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २ आश्विन २०८२ ०८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App