२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अपराध

होटलमा अनैतिक गतिविधि गर्ने ३१ महिलासहित ४५ पक्राउ

नेपालगञ्जका चार होटल तथा रेस्टुरेन्टमा प्रहरीले छापा हानेर ४५ जनालाई नियन्त्रणमा लिएको छ। 

ती होटल तथा रेस्टुरेन्टमा अनैतिक गतिविधि तथा कार्य भएको गुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर होटल तथा रेस्टुरेन्टमा छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।  

उनले होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई नियन्त्रणमा लिइएको उल्लेख गर्दै अनुसन्धान जारी रहेको बताए। 

प्रहरीले नेपालगञ्जको मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दँगाली होटलमा छापा मार्दा ३१ महिला र १४ पुरुष नियन्त्रणमा लिइएको जनाएको छ। पक्राउ पर्नेमा आठ जना भारतीय युवकसमेत रहेका छन्। रासस

प्रकाशित: २५ आश्विन २०८२ १२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App