अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट ३२ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका-१२ टेकु दोवानपुल नजिकबाट नियन्त्रित लागूऔषध टपेन्डाडोल २४ हजार ७ सय ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत रूपडिया उतर प्रदेश ठेगाना भएका २५ वर्षीय राज सोनि, बाँके घर भएका १९ वर्षीय निखिल सोनि र सुर्खेत घर भएका १९ वर्षीया शोफिया मगर रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। साथै उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथि आक्रमण गरी भाग्ने क्रममा प्रहरीले गोली प्रहार गर्दा राज सोनि घाइते भएका थिए। घाइते राजको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१४ नैकाप पिपलबोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४ हजार ९ सय २० ट्याब्लेट सहित सोही नगरपालिका-१४ डेरा गरी बस्ने कीर्तिपुर नगरपालिका-९ पागादोबाटो घर भएका ३९ वर्षीय अनिल देउलालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनले प्रयोग गरेको बा.७० प ७८०० नम्बरको स्कुटर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो। थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा ट्रामाडोल ३ हजार ७ सय ७६ ट्याब्लेट, डाइजेपाम सेट ३८५ एम्पुल समेत गरी १ हजार १ सय ५५ एम्पुल र नगद १ लाख ४० हजार १ सय ६५ रूपैयाँ समेत फेला पारी प्रहरीले बरामद गरेको छ।
यसैगरी काठमाडौं महानगरपालिका-२९ डिल्लीबजार हाईटबाट अवैध लागूऔषध पोलेन जस्तो देखिने पदार्थ करिब ४ किलो ७ सय २० ग्राम र नगद १ लाख २५ हजार ८ सय २५ रूपैयाँ सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-३ घर भएका ५४ वर्षीय श्याम खत्री र काठमाडौं महानगरपालिका-२९ न्यू प्लाजा बस्ने काभ्रे बनेपा नगरपालिका-१२ घर भएका ४८ वर्षीय बसन्त थापा रहेका छन्। प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले श्यामको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यसैगरी काठमाडौं महानगरपालिका-७ मित्रपार्कबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३ सय ९० ग्राम र पोलेन करिब ३ सय ७८ ग्राम सहित काठमाडौं मित्रपार्क बस्ने ३२ वर्षीया पुजा डंगोललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ।
झापा, भद्रपुर नगरपालिका-५ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ६० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २७ वर्षीय अजय सहनीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी झापा, दमक नगरपालिका-१ हवल्दार चोकस्थित टपरी होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २२ ग्राम १ सय ५० मिलिग्राम सहित इलाम चुलाचुली गाउँपालिका-४ पालिका टोल बस्ने ३५ वर्षीय पुर्ण कुमार राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उक्त होटलमा बसिरहेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सुनसरी, कोशी गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित इटहरी नगरपालिका-९ बसपार्क बस्ने २१ वर्षीय संगम श्रेष्ठलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ भोटेपुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय १२ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-८ बस्ने २१ वर्षीय उमङ्ग राईलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-४ तिसबिगेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७८ ट्याब्लेट र डाइक्लोमाइन ८२ ट्याब्लेट सहित रामधुनी नगरपालिका-७ बस्ने २३ वर्षीय समिर चौधरी समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
रूपन्देही, रोहिणी गाउँपालिका-७ टिकरबाट नियन्त्रित लागूऔषध डाईजेपाम १९ एम्पुल, फेनारगन १९ एम्पुल र बुप्रेनोर्फिन १९ एम्पुल सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बुटवल उपमहानगरपालिका-११ देबी नगर बस्ने ४६ वर्षीय रमेश योगी र रोहिणी गाउँपालिका टिकर बस्ने ३५ वर्षीय साहिल अन्सारी रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.७ प २०२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१० मंझरिया चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८० एम्पुल, बुप्रेनोर्फिन ८० एम्पुल र फेनारगन ८० एम्पुल सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पाल्हीनन्दन गाउँपालिका-६ लङ्गडी पाकड बस्ने २६ वर्षीय विश्वजित गिरी र सोही गाउँपालिका-६ रगरगंज बस्ने ३६ वर्षीय दिनेश केवट रहेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम समेतबाट खटिएको प्रहरीले युपि ५६ एच १०३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
सिराहा, कर्जन्हा नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्राम र नगद ५ हजार ७ सय ४० रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कर्जन्हा नगरपालिका-११ डेरा गरी बस्ने सोही नगरपालिका-९ घर भएका २४ वर्षीय अवधेश महरा र ३१ वर्षीय सुनिल महरा रहेका छन्। प्रहरी चौकी कर्जन्हाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
ललितपुर, गोदावरी नगरपालिका-३ गोदावारीस्थित मार्वल डाँडाबाट अवैध लागूऔषध पोलेन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ४४ मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-४ बागडोल बस्ने २२ वर्षीय सम्बोधन थापा, गोदावारी नगरपालिका-१४ बस्ने २१ वर्षीय संदिप महत्तो र महालक्ष्मी नगरपालिका बस्ने २० वर्षीया सफिसा महर्जन रहेका छन्। थप अनुसन्धानको क्रममा ललितपुर महानगरपालिका-२५ फुलबारी मार्ग डेरा गरी बस्ने मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-५ घर भएका २८ वर्षीय तिर्थ बहादुर थोकरको कोठा तलासी गर्दा पोलेन करिब २ किलो ७ सय ९३ ग्राम र डिजिटल तराजु १ थान सहित फेला पारी तिर्थलाई समेत प्रहरीले पक्राउ गरेको छ।
महोत्तरी, सोनमा गाउँपालिका-५ खयरबनिबाट नियन्त्रित लागूऔषध स्पास्मो १६ ट्याब्लेट सहित सोही गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय खयरबनि समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
मोरङ, बेलबारी नगरपालिका-२ लालभित्ति चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १७ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रकाश खड्का समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१३ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३० ट्याब्लेट र स्पास्मो ४० ट्याब्लेट सहित सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने ३७ वर्षीय संदिप खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
बाँके, नेपालगंज उपमहानगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८ ग्राम ७० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दाङ लमही नगरपालिका-५ बस्ने मधु सुधन पुलामी र २८ वर्षीय निश्चल केसी रहेका छन्। प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ समेतबाट खटिएको प्रहरीले बिपि चोकबाट त्रिभुवन चोकतर्फ जाँदै गरेको बा.१७ च १४२२ नम्बरको कार जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक मधु र कारमा सवार निश्चललाई पक्राउ गरेको हो।
बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-२ बस्ने २० वर्षीय नरेश चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी महमम्दपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट सहित लमजुङ बेशीशहर नगरपालिका-१ बस्ने २६ वर्षीय बुद्धी बहादुर आलेलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको बा.५ ख २२९५ नम्बरको माईक्रो बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
प्रकाशित: ४ श्रावण २०८३ १५:५१ सोमबार





