अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २९ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-७ सतुगंलबाट अवैध लागूऔषध खैरो हेरोइन २८ ग्राम ५ सय मिलिग्राम र नगद ७ लाख रूपैयाँ सहित लमजुङ बेसीशहर नगरपालिका-२ घर भएका २७ वर्षीय विक्रम गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा उक्त लागुऔषध बिक्री गर्ने भारत पश्चिम बंगाल घर भएकी ५० वर्षीया प्रिया भुजेललाई समेत प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन १ सय ८२ ग्राम सहित चन्द्रागिरी नगरपालिका-१२ बाट पक्राउ गरेको छ।
यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय ६० मिलिग्राम सहित काठमाडौं बल्खु बस्ने बारा कलैया उपमहानगरपालिका-४ घर भएका १९ वर्षीय रोहित गुप्तालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०८८६ नम्बरको ईभी गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
मोरङ, उर्लाबारी नगरपालिका-४ बानडाँडा बस्ने १९ वर्षीय सुमन तोलाङ्गी समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले सुमनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-१ लक्ष्मीझारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय निशान श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध अफिम (चोप) २ किलो ९ सय ७० ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा रौतहट चन्द्रपुर नगरपालिका-३ घर भएका ४५ वर्षीय आईत सिंह जिम्बा र उनकै श्रीमती ४५ वर्षीया रोशनी राई रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
मकवानपुर, हेडौंडा उपमहानगरपालिका-९ शान्तिटोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१३ पदमपोखरी घर भएका २४ वर्षीय अजय गोले समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ५६ मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४२ ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले अजयको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यसैगरी मकवानपुर, मनहरी गाउँपालिका-९ रजैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८४ मिलिग्राम सहित हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानी बस्ने ३० वर्षीय अभिषेक थिङ समेत ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मनहरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ बस्ने मनहरी गाउँपालिका-४ शान्ति टोल घर भएका ३३ वर्षीय उमेश थिङ समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ११ हजार रूपैयाँ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उमेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ना. ४१ प ६८४४ नम्बरको स्कुटर समेत बरामद गरेको छ।
कैलाली, धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय अभिसेक रानालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गणेश बहादुर पाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, भजनी नगरपालिका-५ कुटीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने २२ वर्षीय अमित चौधरी समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बर्दिया, बढैयाताल गाउँपालिका-८ सागुनघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा जुम्ला कनकासुन्दरी गाउँपालिका-८ घर भएका ३२ वर्षीय निरजंग शाही र सोही गाउँपालिका-४ घर भएका २४ वर्षीय जानस कामी रहेका छन्। प्रहरी चौकी कालिका समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
ललितपुर, गोदावरी नगरपालिका-१३ झरूवारासीबाट अवैध लागूऔषध पोलेन २ किलो ६ सय २७ ग्राम, गाँजा १ किलो ९२ ग्राम र डिजिटल तराजु १ थान सहित कोन्ज्योसोम गाउँपालिका-५ भारदेउ घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
बाँके, बैजानाथ गाउँपालिका-१ च्यामाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय खिम बहादुर सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कारोबारमा सोही ठाउँ बस्ने २० वर्षीय अजय मल्लको समेत संलग्नता रहेको खुल्ना आएपश्चात प्रहरीले अजयलाई सोही गाउँपालिका-१ हरियाली चोकबाट पक्राउ गरेको हो।
भक्तपुर, भक्तपुर नगरपालिका-७ गोल्मढीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २७ ट्याब्लेट सहित भक्तपुर सूर्यबिनायक बस्ने काभ्रे खानीखोला गाउँपालिका-१ घर भएका २० वर्षीय बिनोद तामाङ समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०१९ प ८१२६ नम्बरको स्कुटर समेत बरामद गरेको छ।
सुनसरी, धरान उपमहानगरपालिका-१५ बस्ने २६ वर्षीय रोहित श्रेष्ठ समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र स्पास्पेन ६० ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले रोहितको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
प्रकाशित: १५ आश्विन २०८३ १५:३५ बिहीबार





-600x400.jpg)