अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट २९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ललितपुर, ललितपुर महानगरपालिका-२७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम, गाँजा २ सय ४० ग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३ सय ८२ ट्याब्लेट र डाइक्लोमाइन २० ट्याब्लेट सहित सोही महानगरपालिका-२७ सुनाकोटी डेरा गरी बस्ने सुर्खेत घर भएका ३२ वर्षीय दिपेश मगर भन्ने दिपेश मास्केलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सर्लाही, बसबरीया गाउँपालिका-१ मानपुर टोल बस्ने ७५ वर्षीय राम प्यारे रायलाई अवैध लागूऔषध गाँजा ७ सय ३९ ग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मानपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।
भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथली पुलबाट अवैध लागूऔषध गाँजा करिब १४ किलोग्राम सहित काठमाडौं पेप्सीकोला बस्ने काभ्रे रोशी गाउँपालिका-७ थानसिङ घर भएका १९ वर्षीय राम लामा समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरी बिट ताथलीबाट खटिएको प्रहरीले बनेपाबाट च्याम्हासिंहतर्फ आउँदै गरेको बा.प्र.०२-०६१ प ९५६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
झापा, बिर्तामोड नगरपालिका-१ बिर्तासिटी अस्पताल अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१ डेरा गरी बस्ने इलाम घर भएका २४ वर्षीय दावा गुरूङलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी झापा, दमक नगरपालिका-२ मातृ भुमी पार्टी प्यालेस नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने २० वर्षीय पंकज कार्की समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मे.९ प २८५३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६४ मिलिग्राम सहित मधुवन नगरपालिका-१ बस्ने १९ वर्षीय समिर बुढा मगर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यलाय बर्दिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित गोदावरी नगरपालिका-८ बस्ने २९ वर्षीय प्रेम बहादुर बमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
धनकुटा, पाख्रीबास नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट र स्पास्पेन १ सय ३० ट्याब्लेट सहित सोही नगरपालिका-४ बस्ने २५ वर्षीय निरज भट्टराई समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
मोरङ, कानेपोखरी गाउँपालिका-२ थान टोल बस्ने ३५ वर्षीय रेवत कार्की समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ३ सय ६० मिलिग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले रेवतको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
चितवन, भरतपुर महानगरपालिका-१२ मुनाल चोकबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ९८ ट्याब्लेट र फेनारगन १ सय १० एम्पुल सहित सोही ठाउँ बस्ने ३० वर्षीय अर्जुन देउला समेत ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सोही महानगरपालिका-१४ बस्ने २० वर्षीय सुमित पटेल समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी ईनर्वा समेतबाट खटिएको प्रहरीले भारत रक्सौलबाट नेपालतर्फ आउँदै गरेको बि.म.न.पा. १ ह १०८७९ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन करिब ५० ग्राम ७ सय मिलिग्राम सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पकाहा मैनपुर गाउँपालिका-४ बस्ने २४ वर्षीय सम्साद देवन र बिन्दबासिनी गाउँपालिका-५ बस्ने २२ वर्षीय सनप्राज शेख रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
तनहुँ, शुक्लागण्डकी नगरपालिका-७ टुडाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल र बुप्रेनोर्फिन ४ एम्पुल सहित स्याङ्जा घर भएका २९ वर्षीय सुमन बस्याललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सर्लाही, लालबन्दी नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा करिब २२ किलो ८ सय २० ग्राम सहित हरिवन नगरपालिका-१ घुर्कौली बस्ने ३० वर्षीय सुशिल साह समेत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले म.प्र.०३००१ ह २४४५ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
महोत्तरी, बर्दिबास नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित सिन्धुली दुधौली नगरपालिका-११ टाँडी घर बताउने २९ वर्षीय ओमराज कटुवाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज १४२० नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ३१ श्रावण २०८३ १७:४३ आइतबार


-600x400.jpg)

-600x400.jpg)
