अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २३ जनालाई नियन्त्रणमा लिएको छ।
सुनसरी, धरान उपमहानगरपालिका-२० ओशोपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १६ ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ बस्ने २४ वर्षीय डिल्लीराम भन्ने सुजन थापा र मोरङ सुन्दरहरैँचा नगरपालिका-५ बस्ने २२ वर्षीय सुजित थापा रहेका छन्। अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१८ घोपा क्याप अगाडिबाट नियन्त्रित लागूऔषध स्पास्मो २ सय ७ ट्याब्लेट र ट्रामाडोल १० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१८ बस्ने ३४ वर्षीय दिलिप चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१ डेरा गरी बस्ने ओखलढुङ्गा घर भएका ३२ वर्षीय मनोज काफ्ले समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट र नगद २ लाख १० हजार ४ सय ३५ रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले मनोजको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
झापा, बिर्तामोड नगरपालिका-४ मुनालचोक डेरा गरी बस्ने भारत पंजाव लुबियाना खानाकुण्ड कला भालुवाचोक किरात बस्ने ३३ वर्षीय दिनेश कुमार चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
कैलाली, गोदावरी नगरपालिका-१ अत्तरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ किलो २ सय ३६ ग्राम सहित सोही नगरपालिका-२ बस्ने ३८ वर्षीय धर्म धामीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
उदयपुर, त्रियुगा नगरपालिका-६ लालपत्ता चोकबाट नियन्त्रित लागूऔषध ओपीडोल ४ सय ९० ट्याब्लेट र स्पास्पेन ४ सय ९० ट्याब्लेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ श्रीपुर बस्ने २१ वर्षीय दिपक राज पोखरेल र २५ वर्षीय पुरन मगर रहेका छन्। प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले स.२ प ७८७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
मोरङ, सुन्दरहरैँचा नगरपालिका-६ बस्ने २० वर्षीय बिकुल राई समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५० मिलिग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले बिकुलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ६० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-९ बस्ने २६ वर्षीय सरोज कुमार थारू र ३० वर्षीय सुबास चौधरी रहेका छन्। प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले लु.प्र ०१-०१३ प ९६०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
ललितपुर, ललितपुर महानगरपालिका-६ ओकुबाहलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित महालक्ष्मी नगरपालिका-४ ईमाडोल बस्ने सुर्खेत घर भएका १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले प्र.३ ०२-००६ प ५७०२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी ललितपुर, ललितपुर महानगरपिका-६ न्हेफ: गल्ली डेरा गरी बस्ने धादिङ थाक्रे गाउँपालिका-१० घर भएका २२ वर्षीय दोर्जे भन्ने साहिल लामालाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९० ट्याब्लेट र नाइट्राजेपाम २ सय ८० ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
कास्की, पोखरा महानगरपालिका-१ सिम्पानीबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३४ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३२ वर्षीय सुमन लामालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी कास्की, पोखरा महानगरपालिका-६ पंधेरोबाट सोही महानगरपालिका-३३ बागमारा घर भएका २७ वर्षीय निशान बोलखे समेत ३ जनालाई अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले निशानको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
धनकुटा, साँगुरीगढी गाउँपालिका-७ लुम्फाजुङबाट अवैध लागूऔषध गाँजा २० किलोग्राम सहित सोही गाउँपालिका-५ बस्ने २४ वर्षीय बिशेष राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी डाँडाबजारबाट खटिएको प्रहरीले डाँडाबजारबाट ओख्रेतर्फ जाँदै गरेको बा.६४ प १४३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय ८० मिलिग्राम सहित सोही महानगरपालिका-१२ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी ईनर्वा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
भक्तपुर, सूर्यविनायक नगरपालिका-८ सिपाडोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १८ ट्याब्लेट र अवैध लागूऔषध गाँजा ५५ ग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय राज थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
कञ्चनपुर, भीमदत्त नगरपालिका-६ ऐटपुर बस्ने २५ वर्षीय सुनिल राम लुहारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रम ३ सय ४० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
प्रकाशित: १५ असार २०८३ १५:०६ सोमबार





