३ श्रावण २०८३ आइतबार
image/svg+xml
अपराध

लागूऔषधसहित २२ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीबाट पाँच, बाँके र गोरखाबाट चार/चार, सुनसरी र काठमाडौंबाट दुई/दुई, झापा, बर्दिया, उदयपुर, धनुषा, महोत्तरीबाट एक/एक जना पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुबाट खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल र स्पास्पेन बरामद गरेको जनाइएको छ ।

प्रकाशित: २ श्रावण २०८३ २१:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App