अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २२ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं, टोखा नगरपालिका-९ कुलान्त मार्ग बस्ने नुवाकोट ककनी गाउँपालिका-२ घर भएका ३५ वर्षीय नविन घिमिरे समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ७० मिलिग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले नविनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
कैलाली, गोदावरी नगरपालिका-१ अनामनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने ३३ वर्षीय हरिष वडु र गोदावरी नगरपालिका-२ तेघरी बस्ने २६ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-९ बक्राकटनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६३ मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ बस्ने २२ वर्षीय प्रकाश राना समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले से.२ प ६१३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
गोरखा, शहिद लखन गाउँपालिका-७ लाखेडाँडाबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित गोरखा नगरपालिका-४ फिनाम बस्ने ३० वर्षीय अमृत बयलकोटी समेत ४ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी बुङकोटबाट खटिएको प्रहरीले नामजुङबाट गोरखा बजारतर्फ आउँदै गरेको ग.४ च २४२८ नम्बरको कारमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
महोत्तरी, बर्दिबास नगरपालिका-१ पूर्व बस काउन्टर अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ६० मिलिग्राम सहित धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका-४ बस्ने ३५ वर्षीय सुनिल कुमार साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बाँके, कोहलपुर नगरपालिका-२ शक्तिनगर बस्ने २६ वर्षीय बिक्की कार्की भन्ने मान बहादुर कार्की समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ७० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले मान बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
झापा, बिर्तामोड नगरपालिका-५ स्थित देउराली होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३१ ग्राम १ सय ७० मिलिग्राम सहित भारत पश्चिम बंगाल दार्जिलिङ खोरिबारी ग्रामथान पंचायत बस्ने ३४ वर्षीय कमल बर्मनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले होटलको ४०४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो।
धनुषा, मिथिला बिहारी नगरपालिका-५ बाट अवैध लागूऔषध गाँजा करिब १९ किलो १९ ग्राम सहित हंसपुर नगरपालिका-३ मलहिनिया टोल बस्ने ६५ वर्षीय कोरघुबिर दासलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले बिरेन्द्र बजारबाट हंसपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२-००१ स ३१९९ नम्बरको अटोमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो। प्रहरीले हाल फरार अटो चालकको खोजी गरिरहेको छ।
उदयपुर, चौदण्डीगढी नगरपालिका-२ चारघरे बस्ने ३० वर्षीय गोपाल खड्कालाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५९ ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
सुनसरी, बराहक्षेत्र नगरपालिका-५ बिशालचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २७ ट्याब्लेट र स्पास्पेन २७ ट्याब्लेट सहित सोही नगरपालिका-४ बस्ने ३० वर्षीय बिक्रम विश्वकर्मा समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले प्र.०१-०२-०४६ प २३३३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
बर्दिया, गुलरिया नगरपालिका-६ भन्सार रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय सरिफ अहम्मद ईदरिसीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
प्रकाशित: २ श्रावण २०८३ १९:२२ शनिबार



-600x400.jpg)

