२० असार २०८३ शनिबार
image/svg+xml
अपराध

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ

अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २१ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं महानगरपालिका-१३ बाफलबाट सोही ठाउँ डेरा गरी बस्ने सिन्धुली घर भएका २० वर्षीय युवराज खत्री समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २६ हजार ७ सय १० ट्याब्लेट र नगद ५० हजार रूपैयाँ सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त कालिमाटी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यसैगरी काठमाडौं महानगरपालिका-१४ कलंकीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट र डाईजेपाम ३ एम्पुल सहित चितवन इच्छाकामना गाउँपालिका-३ घर भएका ३९ वर्षीय कृष्ण गुरूङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

कैलाली, धनगढी उपमहानगरपालिका-१२ लम्साल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय निशान भण्डारी समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

झापा, बिर्तामोड नगरपालिका-१० तेलकानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय बिपुल शेर्पालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय अनारमनी र  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी झापा, मेचीनगर नगरपालिका-११ कालिका सिमसारस्थित जंगलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने २८ वर्षीय आकाश माङ्‌मु लिम्बु तुम्बापो र २७ वर्षीय देबी प्रसाद बस्नेत रहेका छन्। प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

दाङ, घोराही उपमहानगरपालिका-१८ गिठेपानी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बडहरा बस्ने ३० वर्षीय सुरेश चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय घोराहरीबाट खटिएको प्रहरीले रा.१ ह ५०५२ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक सुरेशलाई पक्राउ गरेको हो।

कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीस्थित होल्डिङ सेन्टर नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित बेदकोट नगरपालिका-७ बसन्तपुर बस्ने २९ वर्षीय अजय डगौरालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

स्याङ्जा, गल्याङ नगरपालिका-१ राम्दीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ सय ग्राम सहित भीरकोट नगरपालिका-४ छाङछाङदी बस्ने ३९ वर्षीय राम काजी घर्ताङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु.२ ख ८३८ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५० ट्याब्लेट सहित रूकुम पश्चिम मुसिकोट नगरपालिका-६ बस्ने ३४ वर्षीय जिवन बिक्रम बुढालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय जमुनाह समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

सप्तरी, बोदेबरसाईन नगरपालिका-२ गौराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ५ ग्राम २ सय ३० मिलिग्राम सहित खडक नगरपालिका-५ खोजपुर बस्ने ६२ वर्षीय अमिन चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले मधेश प्रदेश ०१-००५ प २८८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मोरङ, कानेपोखरी गाउँपालिका-२ थारू चोकबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ४ सय ग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीया रूपमनी चौधरी समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

बझाङ, जयपृथ्वी नगरपालिका-६ नौरा बस्ने ३२ वर्षीय बिमल कुमार सिंहलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३५ ग्राम ७ सय ८० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

डडेलधुरा, अजयमेरू गाउँपालिका-१ मदुराड बस्ने ४५ वर्षीय सन्तोष भण्डारीलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ सय ७१ ग्राम ४ सय ६० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी पोखराबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

पर्सा, वीरगंज महानगरपालिका-९ भुतबंगलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३० ग्राम ७ सय १० मिलिग्राम सहित सोही महानगरपालिका-८ बस्ने भारत बिहार घर भएका ३० वर्षीय गुड्डु आलमलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय विर्ता समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१२ कुनवारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६२ मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय अर्जुन राजभरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

रूकुम पूर्व, सिस्ने गाउँपालिका-६ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब ४ किलोग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरील पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भूमे गाउँपालिका-२ बस्ने ४० वर्षीय बिरोध बुढा र रोल्पा थवाङ गाउँपालिका-२ बस्ने ३१ वर्षीया जानपुरा झाक्री मगर रहेका छन्। अस्थायी प्रहरी पोष्ट खोपीचारबाट खटिएको प्रहरीले लु.प्र-०१-०११ प १४७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

प्रकाशित: १७ असार २०८३ १४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App