नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू भक्तपुर, रुपन्देही, नवलपरासी पश्चिम, मकवानपुर, पाल्पा, दाङ, झापा, धनकुटा र बाराबाट पक्राउ परेका हुन्।
भक्तपुर नगरपालिका-१ सल्लाघारीबाट एक, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीबाट एक, रुपन्देहीको ओमसतिया गाउँपालिका-१ ठुटेपिपलबाट एक, सिद्धार्थनगर नगरपालिका-९ उदयपुरबाट एक र नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१७ पिप्रहवाबाट एक जनालाई पक्राउ गरिएको हो।
यसैगरी, मकवानपुरको हेटौँडा उपमहानगरपालिका-६ चुच्चेखोलाबाट एक जना, पाल्पाको रामपुर नगरपालिका-७ मोवटी शीतलनगरबाट एक, दाङको तुलसीपुर उपमहानगरपालिका-१७ झिगैबाट पाँच, झापाको अर्जुनधारा नगरपालिका-११ बसपार्कस्थित थुम्बेदिन होटल एण्ड लजबाट तीन, कन्काई नगरपालिका-४ कोटीहोमबाट एक, धनकुटाको पाख्रीबास नगरपालिका-५ माङमायाबाट दुई तथा बाराको महागढीमाई नगरपालिका-१० गोवास टोलबाट एक जनालाई पक्राउ गरिएको हो।
अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोललगायत नियन्त्रित औषधि बरामद भएको छ। उनीहरू शुक्रबार र गत बिहीबार पक्राउ परेका हुन्।
प्रकाशित: २३ श्रावण २०८३ ०६:३६ शनिबार





