२४ मंसिर २०८२ बुधबार
image/svg+xml
अपराध

कैलालीमा १७ वर्षीया किशोरीको छुरा प्रहार गरी हत्या

कैलालीको बर्दगोरिया गाउँपालिकामा १७ वर्षीया एक किशोरीको छुरा प्रहार गरी हत्या भएको छ। किशोरीको हत्या गरेको अभियोगमा प्रहरीले एक ३३ वर्षीय युवकलाई पक्राउ गरेको छ।

बर्दगोरिया गाउँपालिका–३ की १७ वर्षीया याचना सेजवालको हत्या भएको हो। हत्या आरोपमा सोही गाउँपालिका–१ बस्ने ३३ वर्षीय नृप भन्ने निरज साउदलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ। साउद बौनियास्थित राजधानी सेकुवा एण्ड मम सेन्टरमा काम गर्ने गरेको खुलेको छ।

प्रहरीका अनुसार, निरजले छुरा प्रहार गर्दा याचना गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थियो। इलाका प्रहरी कार्यालय सडकपुर र सुक्खडबाट खटिएको संयुक्त टोलीले आरोपी साउदलाई तत्कालै पक्राउ गर्न सफल भयो।

घटनामा गम्भीर घाइते भएकी सेजवाललाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल प्रालिमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका साउदमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। हत्याको कारण भने खुल्न सकेको छैन र यसबारे अनुसन्धान केन्द्रित गरिएको प्रहरीको भनाइ छ।

प्रकाशित: १७ श्रावण २०८२ २१:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App