१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अपराध

१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

<br>

स्रोत नखुलेको १ करोड ४४ लाख नेपाली रुपैयाँसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार राति करिब १० बजे काठमाडौं महानगरपालिका-६, बौद्ध नयाँबस्तीस्थित एक भाडाको कोठाबाट उनलाई नियन्त्रणमा लिएको हो।

परिसरका सूचना अधिकारी, प्रहरी उपरीक्षक (एसपी) अपिल राज बोहराका अनुसार, शंकास्पद आर्थिक कारोबार भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उक्त स्थानमा छापा मारेको थियो।

पक्राउ पर्नेमा ४० वर्षीय चिनियाँ नागरिक वाङ जियान रहेका छन्। स्वयम्भु बस्दै आएका उनको साथबाट प्रहरीले नगद एक १ करोड ४४ लाख बदामद गरेको छ

पक्राउ परेका वाङलाई नियन्त्रणमा लिई रकमको स्रोतबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ असार २०८२ १४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App