सदरमुकाम गाईघाटबाट एक युवक प्रतिबन्धित लागू पदार्थसहित आइतबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका- ११ पुरानो गाईघाटका ३० वर्षीय विनोद चौधरी रहेका छन् ।
उनलाई त्रियुगा नगरपालिका १३ हवाईफिल्डस्थित अस्थायी प्रहरी पोष्ट तरकारी बजारबाट खटेको टोलीले दिउँसो एक बजे पुरानो गाईघाटबाट नियन्त्रणमा लिएको हो । चौधरीको साथबाट १ ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र नेपाली नगद ३ हजार ४ सय रुपैयाँ बरामद भएको छ ।
उनलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान होङले बताएका छन् ।
प्रकाशित: २२ असार २०८२ २०:०३ आइतबार