१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अपराध

अश्लील भिडियो बनाएर बिक्री वितरण गर्ने एक पक्राउ

महिलाहरूको अश्लील भिडियो बनाएर बिक्री वितरण गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ घर भई हाल काठमाडौंको टोखा नगरपालिका, ग्राण्डी बस्दै आएका २९ वर्षीय रमेश थापा रहेका छन्।

प्रहरीका अनुसार, थापाले र नेपाल तथा विदेशमा रहेका नेपाली महिला तथा पुरुषहरूलाई भिडियो कलमार्फत अश्लील क्रियाकलापमा संलग्न गराउने र त्यसको भिडियो बनाएर बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई असार १३ गते पक्राउ गरेको हो।

पक्राउ परेका थापाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२१ बमोजिम ‘अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने’ कसुरमा मुद्दा दर्ता गरिएको छ।

जिल्ला अदालत, काठमाडौंबाट ५ दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी, प्रहरी उपरीक्षक (एसपी) अपिल राज बोहराले जानकारी दिए।

प्रकाशित: १६ असार २०८२ १७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App