५ माघ २०८२ सोमबार
image/svg+xml
अपराध

लागूऔषधसहित विभिन्न स्थानबाट १६ पक्राउ

प्रहरीले लागूऔषध सहित विभिन्न स्थानबाट १६ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं महानगरपालिका-१६ बाइसधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ७० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीय सुशान्त पुतुवारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।

कैलाली, धनगढी उपमहानगपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-४बस्ने २६ वर्षीय विजय नेपाली रधनगढी उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय अभिशेक हमाल रहेका छन्।

अस्थायी प्रहरी पोष्ट चटकपुरर प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कैलाली, जानकी गाउँपालिका-७ मोतीनगर चोकबाटअवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमाजोशीपुर गाउँपालिका-१ बस्ने २३ वर्षीय शिव बहादुर चौधरी र जानकी गाउँपालिका-७ बस्ने ३३ वर्षीय देसराम चौधरी रहेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरबाटखटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कञ्चनपुर, भिमदत्त नगरपालिका-३ तिलाचौर केदार टोल बस्ने ६० वर्षीय राम सिंह साउदलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो १ सय ५५ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ।

चितवन, भरतपुर महानगरपालिका-४ धर्मचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय ३० मिलिग्राम सहित ६ जनालाई शनिबार दिउँसो प्रहरी पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने माडी नगरपालिका खर्कट्टा घर भएका २४ वर्षीय सागर सुनार, भरतपुर महानगरपालिका-३ आनन्द मार्ग बस्ने २२ वर्षीय अजय रौनियार शाह, ३३ वर्षीयअस्फाकउल्लाह शाह, सोही महानगरपालिका-४ बस्ने ४०वर्षीया अनितादेबी साह,२५ वर्षीया निसादेबी साह र१८ वर्षीया किशोरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-३ अदालत रोडस्थित खाजा पसलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७३ मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो ९९ ट्याब्लेट सहित २ जनालाई शनिबार बेलुकी प्रहरी पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४बस्ने २९ वर्षीय सन्तोष प्रसाद कहार र सोही नगरपालिका-३ बस्ने २९ वर्षीय राजेश यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भारत उत्तर प्रदेश सोहरतगढ ग्राम रमजान घर भएका २२ वर्षीय हस्मत अलि अन्सारीबाट खरिद गरेको भन्ने खुल्ल आएपश्‍चातप्रहरीले उनलाई समेत पक्राउ गरेको छ।

मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्राम सहितबुढीगंगा गाउँपालिका-७ बस्ने २५ वर्षीय राज कुमार लिम्बुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

उल्लेखित सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १ असार २०८२ १४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App