२ माघ २०८२ शुक्रबार
image/svg+xml
अपराध

युके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ

<br>

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-२ बस्ने ४४ वर्षीय रबिन्द्र बासुकला, काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने मोरङ रतुवामाई नगरपालिका-१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने धनुषा सबैला नगरपालिका-१२ घर भएका ४७ वर्षीय अरूण राज शर्मा रहेका छन्।

पक्राउ मध्ये रबिन्द्रले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ६० हजार रूपैयाँ तथा लक्ष्मण र अरूणले युके पठाइदिन्छु भन्दै ३८ जना पीडितहरूबाट ११ करोड ६ लाख ९७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रबिन्द्रलाई भक्तपुर नगरपालिका-२ ब्यासीबाट सोमबार तथा लक्ष्मण र अरूणलाई काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट आइतबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

प्रकाशित: २७ जेष्ठ २०८२ १४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App